महिला भलिबलमा एपिएफ, बागमती र पुलिसको विजयी सुरुवात

पाेखरा | असोज २८, २०७९

महिला भलिबलमा एपिएफ, बागमती र पुलिसको विजयी सुरुवात

पोखरा : विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् । 

 

म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बिनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो । 

 

एपिएफले कर्णालीलाई २५–६, २७–२ र २५–७ को सोझो तीन सेटमा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ को सोझो तीन सेटमा पराजित ग¥यो । नेपाल पुलिस क्लवले लुम्बीनी प्रदेशलाई २५–१०, २५–११ र २५–१९ ले पछि प¥यो । 

 

शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्रले ‘म्यान अफ द म्याच’को उपाधी पाए । बिहिबार भएको उद्घाटन खेलमा गण्डकीले सुदुरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको थियो । 

 

समूह बिजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेका छन् । 

 

शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश एक बीच प्रतिस्पर्धा हुनेछ । 

 

कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ । उक्त्त प्रतियोगिता लिककम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक याम बहादुर गुरुङले बताए ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्